
आइतवारबाट नेकपा (माओवादी केन्द्र) को ८ औं महाधिवेशन शुरू भएको छ ।
प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि पुगेका छन् ।
देउवालाई स्वागत गर्ने क्रममा भने एउटा रोचक दृश्य देखिएको छ ।
स्वागत गरिसकेपछि आफूलाई लगाइदिएको माला देउवाले निकालेका थिए । तर, सँगै रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाउन आग्रह गरेपछि देउवाले निकालिसकेको माला फेरि लगाएका हुन् ।
