सामाजिक सञ्जालमा अप्लोड गरिएको एउटा भिडियोमा अनौठो दृश्य देखिएको छ ।
भिडियो क्लिपमा रेलवे ट्य्राकमा उभिएको गाईलाई ट्रेनले ठोकेको देखिन्छ । एउटा पुलबाट ट्रेन जाँदै गर्दा गाईलाई ठोकेको हो ।
ठोकिएपछि पुलबाट खोल्सोमा झरेको गाईलाई खासै केही भएन र ऊ चारैवटा खुट्टामा उभियो ।
भगवानले बचाउन खोजेकोलाई कसैले मार्न सक्दैन भनी मानिसहरूले भिडियो हेरेपछि टिप्पणी गरेका छन् ।