२५ जेठ २०८३, सोमबार

जीन्स पाइन्ट लगाउने युवतीले हैन, अधबैंसेले मन पराउँछन् मोदीलाई : दिग्विजय सिंह

पुस ११, २०७८
जीन्स पाइन्ट लगाउने युवतीले हैन, अधबैंसेले मन पराउँछन् मोदीलाई : दिग्विजय सिंह

भारतको कांग्रेस पार्टीका नेता दिग्विजय सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीका विषयमा अनौठो बयान दिएका छन् ।

कांग्रेस कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सिंहले भने, ‘प्रियंका गान्धीले रमाइलो कुरा सुनाएकी थिइन् । उनका अनुसार, प्रधानमन्त्री मोदीलाई जीन्स पाइन्ट लगाउने र मोबाइल राख्ने महिलाले मन पराउँदैनन् । उनलाई ४० देखि ५० वर्षसम्म उमेरका महिलाले मन पराउँछन् । यस विषयमा छलफल जरूरी छ । मोबाइलमा सक्रिय रहने महिलाहरू सामाजिक सञ्जालमा पनि हुन्छन्, उनीहरूलाई कांग्रेसले लक्ष्य गर्नु जरूरी छ ।’

भोपालमा जनजागरण शिविरमा उनले यस्तो कुरा भनेका हुन् ।

सिंहको बयानपछि भाजपा विधायक रामेश्वर शर्माले सिंहको मानसिक सन्तुलन गुमिसकेको बताए । पागलपनको शिकार भएका सिंहलाई सोनिया गान्धीले पार्टीमा किन राखिरहेको हो सोध्न चाहन्छु, शर्माले बताए ।

भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला  :

https://www.aajtak.in/?jwsource=cl

salt training

कमेन्ट गर्नुहोस्