११ साउन २०८३, सोमबार
माओवादी महाधिवेशन

जनताबाट पाएको म्याण्डेट खण्डित भएपछि जनतामा जानु प्रतिगमन होइन- शंकर पोखरेल

जनताबाट पाएको म्याण्डेट खण्डित भएपछि जनतामा जानु प्रतिगमन होइन- शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताबाट पाएको म्याण्डेट खण्डित भएपछि जनतामा जाने कुरा प्रतिगमन नहुने जिकिर गरेका छन् । 

पार्टी निर्माणमा कार्यकर्ता र राष्ट्र निर्माणमा जनताको सम्प्रभूतालाई सबै दलले मान्नु पर्ने उनले बताए । 

माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहमा अघिल्ला वक्ताले प्रतिनिधि सभा विघटनलाई प्रतिगमनको संज्ञा दिएपछि पोखरेलले जनतामा जाने कुरालाई प्रतिगमनको लेपन लगाउन नमिल्ने बताएका हुन् । 

‘हामी एउटै घोषणा पत्र लिएर चुनावमा गएका थियौं, जनताबाट पाएको त्यो म्याण्डेट खण्डित भएपछि हामी फेरि तपाईँहरूको म्याण्डेट माग्न भनेर जनतामा जाने भनेका थियौँ,’ पोखरेलले भने, ‘जनतामा जाने कुरालाई प्रतिगमनको लेपन लगाइनु गलत हो । जनतामा जाने कुरा प्रतिगमन होइन ।’ 

salt training

कमेन्ट गर्नुहोस्