
क्यान इन्फोटेक २०२२ माघ १८ गतेदेखि शुरू हुने भएको छ ।
कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको हो ।
यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल - दुवै स्वरुमा आयोजना हुने गरी तयारी बढाइएको संघले जनाएको छ ।
इन्फोटेकको २७ औं संस्करण गत बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने गरी सबै तयारी गरिएकोमा कोभिड-१९ को दोश्रो लहरका कारण स्थगित गरिएको थियो ।
२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले गरेका छन् ।
यसैगरी आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआरको प्लाटिनम प्रायोजन - वल्र्डलिंक कम्युनिकेशन्स, डायमण्ड प्रायोजन - डिसहोम फाईबरनेट, गोल्ड प्रायोजन - नेपाल टेलिकम, सिल्भर प्रायोजन - नमस्ते पे, एस–पावर र डिजिकम रहेका छन् ।
सफ्टवारिका कलेज अफ आईटी एण्ड इकमर्स - आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआरको इन्नोभेसन पार्टनर रहेको छ भने सनवे इन्टर्नेशनल विजनेश स्कुल - एकाडेमिक पार्टनर, रिबान - फुड एण्ड वेभरेज पार्टनर तथा अल्ट्रा एलईडी - डीजिटल डीसप्ले पार्टनर रहेका छन् ।
इन्फोटेक भब्य एवं सफल रुपमा आयोजना हुन देशभित्रबाट नेपाल सरकार - सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु र भायानेट कम्युनिकेशन्स तथा अन्तरराष्ट्रिय रुपमा असोसियो र विट्साको पनि सहयोग रहने छ ।
सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२० मा इन्फोटेकको २६ औं संस्करण सफलता पुर्वक सम्पन्न भएको थियो ।
नेपालमा सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनी र यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि सम्बन्धि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।
नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउने अभिप्रायले यो पटक क्यान इन्फोटेक २०२२ को टिकटको मुल्य ने.रु. १ हुनेछ र यो पटक पनि टिकट पेपरलेस नै हुनेछ ।
सूचना तथा संचार प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने प्रचलन छ ।
प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।
क्यान इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ,स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, इ-गभर्नेन्स, सुचना प्रविधिमा महिला उद्यमी, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरु रहनेगरी तयारी अगाडि बढाईएको संघले जनाएको छ ।
इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी, ब्लक चेन तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहने छन् ।
क्यान इन्फोटेक २०२२ का लागि पौष १३ गते मंगलवार देखि बुकिङ्ग खुल्ला हुने छ ।
क्यान इन्फोटेकमा करिव साढे ३ लाख मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको संघले जनाएको छ ।