१० साउन २०८३, आइतबार

बाबुराम भट्टराईप्रति मात्रिका यादवको व्यंग्य– नेभर सेकेन्डको अभ्यास देखेनौं ?

बाबुराम भट्टराईप्रति मात्रिका यादवको व्यंग्य– नेभर सेकेन्डको अभ्यास देखेनौं ?

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मात्रिका यादवले नयाँ शक्ति बनाउन भनेर माओवादी पार्टी त्यागेर गएमा डा. बाबुराम भट्टराईप्रति व्यंग्य गरेका छन् । 

राजनीतिक दलको नेता बन्न पीएचडीले मात्र नहुने भन्दै उनले स्थापित नेतालाई विस्थापित गरेर पार्टी चल्न नसक्ने बताए । 

‘हामीले नेभर सेकेन्डको अभ्यास हेर्‍यौं नि, कस्तो मार्क्सवाद पढेको हो ? पीएचडी गरेर मात्र नेता भइन्छ र ? त्यो भए त चार–पाँचवटा विषयमा पीएचडी गरेका नेता नेपालमै होलान् । के तिनीहरू नेता बन्न सके त ? समाजलाई जसले बुझ्यो, अन्तरविरोध जसले बुझ्यो, ऊ नेता बन्ने हो,’ महाधिवेशनको आठौं महाधिवेशन उद्घाटन समारोहमा प्रचण्डले नेतृत्व छाड्न नहुने भन्दै यादवले भने । 

एसएलसी परीक्षामा बोर्ड फर्स्ट भएका बाबुरामको नामै नलिई यादवले नेभर सेकेन्ड भन्दै व्यंग्य गरेका हुन् । 

नयाँ शक्ति खोलेका बाबुरामले उपेन्द्र यादवलाई अध्यक्ष मानेर पार्टी एकता गरेका थिए । ​

salt training

कमेन्ट गर्नुहोस्