२६ असार २०८३, शुक्रबार

देउवाले गठबन्धन चुनावपछिसम्म जान्छ भनेपछि प्रचण्डले भने- हामीले सुन्न चाहेको कुरा त्यही थियो

देउवाले गठबन्धन चुनावपछिसम्म जान्छ भनेपछि प्रचण्डले भने- हामीले सुन्न चाहेको कुरा त्यही थियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन चुनावपछिसम्म पनि चल्ने भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको स्वागत गरेका छन् । 

‘सम्माननीय प्रधानमन्त्रीज्यूले गठबन्धन चुनाव परसम्म लैजाने भन्नुभयो, हामीले सुन्न चाहेको कुरा त्यही थियो । हामी सबैलाई चाहिएको कुरा त्यही हो,’ आइतवार काठमाडौंमा ८ औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने । 

सम्बोधनका क्रममा देउवाले प्रचण्डको बलले गर्दा नै आफूहरू संविधान सभामा गएको भन्दै प्रशंसा गरेका थिए । ‘देउवाजी हेर्दा सोझो इनोसेन्ट जस्तो । इतिहासका खास खास समयमा महत्त्वपूर्ण कुरा बोल्नु भएको छ, म जनयुद्धमै रहँदा मलाई बहादुर नेता भन्दिनुभयो,’ प्रचण्डले भने, ‘सरकारमा आलोपालो गर्‍यौँ, मैले जतिबेला जे गर्ने भन्ने भएको थिएँ । मैले छाडेपछि संसदको मञ्चबाट भन्नुभयो– प्रचण्ड राजनेता भन्नुभयो । सजिलै भन्नुभयो स्टेटमेण्ट सानो हो कुरा ठूलो हो ।’

आफूलाई गरेको प्रशंसाले पार्टीभित्र विवादमा पर्न सक्ने भन्दै प्रचण्डले भने, ‘कांग्रेसभित्र आलोचना खेप्नु पर्ने त होइन अहिले ? हुन त सानोतिनो आलोचना र विरोधले उहाँको छाला बलियो छ !’

salt training

कमेन्ट गर्नुहोस्