३१ जेठ २०८३, आइतबार

देउवाद्वारा दाहालको प्रशंसा, शंकर पोखरेलद्वारा पश्चाताप

पुस १२, २०७८
देउवाद्वारा दाहालको प्रशंसा, शंकर पोखरेलद्वारा पश्चाताप

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको सफलताको कामना गर्दै नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा गरेका छन् । माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले दाहालकै नेतृत्वमा संविधानसभाबाट संविधान बनेको भन्दै प्रशंसा गरेका छन् ।

दाहालको राजनीतिक योगदानको चर्चा तथा प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले भने, ‘पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठूलो योगदान गर्नुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौं । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा कांग्रेसले गरेको हो, पछिल्लो चरणमा दाहालले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’

माओवादी केन्द्रको आठौं महाधिवेशन

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको समेत प्रस्ट पारेका छन् । संविधानअनुरूप संसद् पूरा समय चलोस् भन्ने उद्देश्यले मात्र गठबन्धन बनेको भन्दै कसैको विरुद्ध नरहेको धारणा राखेका हुन् ।

एमसीसी राष्ट्रघाती नभएको दाबी गर्दै पहिले पढेर मात्रै प्रतिक्रिया जनाउन देउवाले आग्रह गरेका छन् । नेपालमा एमसीसीको विरोध भइरहेका बेला प्रधानमन्त्री देउवाले भने, ‘मैले एउटा कुरा चाँहि बोल्नैपर्ने भो, एमसीसी राष्ट्रघाती भन्नुभयो, राष्ट्रघाती भन्नेले पढेको छ कि छैन ? थाहा छैन । पहिले पढ्नुप¥यो, एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त राष्ट्रघाती कही पढेको छैन ।’

आफू पनि लामो समय नेपालको राष्ट्रियताको पक्षमा लडेर आएको भन्दै राष्ट्रघात हुनेगरी कुनै सन्धिसम्झौता नगर्ने उनले बताए । उनले एमसीसी सहमतिबाटै पास हुने विश्वास व्यक्त गरे ।

एमालेसँगको एकता गल्ती होइन : दाहाल
माओवादी केन्द्र अध्यक्ष दाहालले एमाले र माओवादीबीच एकीकरण गरेर बनेको नेकपा नेपालको समृद्धि तथा समाजवाद स्थापनाका लागि आवश्यक भएको बताए । एमालेसँगको एकता गल्ती नभएको उनले बताए । एमालेसँग एकता स्थायित्व र समृद्धिकै लागि भएकाले त्यसमा गल्ती नभएको उनले स्पष्ट पारेका छन् ।

‘एमालेसँगको एकता कुनै गल्ती भएको होइन । स्थायित्व र समृद्धिका लागि एमालेसँग एकता भएको थियो,’ दाहालले भने, ‘यहाँ आउनुभएको शंकरजीले पनि एकता गल्ती नभएको बताउनुभएको छ । त्यो बुझाइ ठीक छ । तर, एकता किन भंग भयो ? त्यस विषयमा हामीले महाधिवेशनमा समीक्षा गर्नेछौं । एमालेले पनि त्यसलाई समीक्षा गरोस् ।’

पार्टी एकता र विभाजन सानो घटनाक्रम मात्र नभएकाले के कारणले पार्टी एकता भंग भयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने दाहालको भनाइ रहेको छ । उनले भने, ‘फेरि एकपटक आत्मसमीक्षा गरौं, के कारणले हामी दुई ठाउँमा हुन पुग्यौं । हामीले गल्ती गरेका थिएनौं ।’

दाहालले भने, ‘शंकरजीले जसरी पार्टी एकता जोगाउन नसकेकोमा पछुतो लागेको छ भन्नुभयो एकदम खुसी लाग्यो । हामीलाई पनि पछुतो लागेको छ । त्यसका लागि शंकरजीलाई धन्यवाद ।’
कुनै व्यक्ति वा वंशको तानाशाही आफूहरूलाई स्वीकार्य छैन: माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै व्यक्ति वा वंशको तानाशाही आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।

नयाँ नेपाल निर्माण गर्ने हाम्रो मान्यता र विचार के हुन् भन्ने’boutमा दलहरूबीच छलफल गर्न जरुरी रहेको उनले बताए । नेपालको राजनीतिक इतिहासमा दलहरू एकताबद्ध भएर अघि बढ्दा सफलता मिलेको चर्चा गर्दै उनले अहिले पनि एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको बताए । राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, धर्मनिरपेक्षतालाई जोगाउन दलहरू एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।

देशमा नागरिकको अधिकार ठूलो हुने र पार्टीमा कार्यकर्ताको अधिकार ठूलो हुने उनको भनाइ छ । उनले भने, ‘राष्ट्रियताको सवालमा हामीबीच विमति हुनुपर्ने कारण छैन ।’

नेपाली समाजमा विभेद, असमानता, विभेद, अन्याय, अत्याचार विद्यमान रहेको उल्लेख गर्दै उनले यसलाई समाप्त पार्ने कुरामा दलहरू केन्द्रित हुनुपर्ने बताए ।

समाजवादमा जाने लक्ष्य निर्धारण भइसकेका कारण अब नेपाली विशेषताको समाजवाद कस्तो हुनेछ भनेर नेता, पार्टीहरू, बुद्धिजीवीहरूको बीचमा बहस हुन जरुरी रहेको उनले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो छलफल र बहस आयोजना गर्न सुझावसमेत दिए ।

नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो लागेको छ: शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताएका छन् । महासचिव पोखरेलले एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठन भएको नेकपाको एकता विभिन्न कारणले जोगाउन नसकिएको बताए ।

‘एमाले र माओवादीबीच एकीकरण गर्ने सोच सही थियो तर विभिन्न कारणले एकता जोगिएन । एकता जोगाउन नसकेकोमा पछुतो छ,’ महासचिव पोखरेलले भने ।

उनले अब वामपन्थी आन्दोलनको समीक्षा गर्नुपर्ने बताउँदै भने, ‘के अहिले वामपन्थी आन्दोलन सही बाटोमा हिँडिरहेको छ ? अब नयाँ सोच, नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्छ ।’

नयाँ म्यान्डेटका साथ वामपन्थी आन्दोलनलाई अगाडि बढाउन अब आउने नेतृत्व सफल हुने विश्वास उनले व्यक्त गरे । उनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानको मामिलामा नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिन जरुरी रहेको बताए ।

‘एउटा बलियो वामपन्थी शक्ति बनाउने उद्देश्यका साथ एउटै घोषणापत्रमा चुनाव लड्यौं र एउटै पार्टी बनाउन नेकपा गठन ग¥यौं’ उनले भने, ‘त्यो एकतालाई कायम राख्न सकेनौं, एकताका लागि इमानदार प्रयास थिए, ऐतिहासिक आवश्यकता थियो, त्यो एकता जोगाउन नसकेकोमा पछुतो छ ।’

अहिलेसम्म वामपन्थी दलहरू अधिकारका मामिलामा राम्रो गरेर अघि बढेको भए पनि त्यसपछि गर्नुपर्ने कार्यमा चुकेको टिप्पणी उनले गरेका छन् । अब नेताहरूको अन्तर कलहका आधारमा नीति बनाउन नहुने उनको भनाइ थियो ।

जनतामा जाने काम प्रतिगमन नभएको भन्दै उनले नेकपा एकता टुटे पनि जनतामा जान सक्नुपर्ने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई-दुईपटक संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको कामको बचाउ गर्दै उनले निर्वाचनमा जान खोज्नु प्रतिगमन नभएको जिकिर गरेका छन् ।

उनले हालसम्म राज्यमा भएको उपलब्धि कुनै एक दलले दिलाएको उपलब्धि मात्र नभएको पनि बताए । १२ बुँदे सहमति दोस्रो जनआन्दोलन संविधान निर्माण र संघीयताको विजारोपण सामूहिक प्रयासमा भएको उनले बताए । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्