२६ असार २०८३, शुक्रबार

११ वर्षीय यी बालकको तौल १९१ किलो, बनाए रेकर्ड

पुस १२, २०७८
११ वर्षीय यी बालकको तौल १९१ किलो, बनाए रेकर्ड

पछिल्लो समय बढ्दो तौल सबैको समस्या हो । 

प्राय मानिसहरू युवा अवस्थादेखि नै मोटोपनको शिकार बन्दै गइरहेका छन् । 

तर बाल्यकालमै मोटोपनको शिकार हुनु पनि समस्याका रुपमा देखा परेका छन् । 

इन्डोनेशियामा एक बालकले अत्याधिक मोटोपनको समस्या भोगिरहेका छन् । 

त्यहाँको पश्चिम चाभाको एक गाउँमा एक बालक बस्छन् । ती बालक ९ वर्षको उमेरमा १२७ किलोको थिए । 

आर्य परमाना नामका ती बच्चा अहिले १४ वर्षको उमेरमा अविश्वसनीय ३० को लिस्टमा १३ औं स्थानमा परेका छन् ।

यस्तै ११ वर्षको उमेरमा यी बालकको तौल १ सय ९१ किलो थियो । त्यतिखेर पनि उनले रेकर्ड नै बनाएका थिए ।

अहिले उनको तौल ८२ किलो छ ।

द सनको एक रिपोर्टका अनुसार ती बच्चा केही वर्ष पहिले झनै मोटो थिए । 

उनले वाथरुम प्रयोग गर्न सक्दैनथे । नुवाउनका लागि अन्य खोला वा तालको प्रयोग गर्नुपर्दथ्यो  ।

salt training

कमेन्ट गर्नुहोस्