०६ असार २०८३, शनिबार

तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले पौष १३ गते देखि २५ गते सम्म, महालक्ष्मी विकास बैंक लिमिटेडले पौष १३ गते र नेपाल हाइड्रो डेभलोपर लिमिटेडले पौष १३ देखि २८ गते सम्म साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दैछन्।

तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरुले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्।

निर्धन उत्थान लघुवित्तले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१ अर्ब ६९ करोड ५० लाखको २९.५% ले हुने रु.५० करोड २५ हजार बराबरको बोनस शेयर र १.५५२६% ले हुने रु.२ करोड ६३ लाख १७ हजार १०५.२६ बराबरको नगद लाभांश (बोनस लाभांशमा लाग्ने कर मात्र) वितरण गर्न लागेको हो।

महालक्ष्मी विकास बैंकले चुक्ता पूँजी रु.३ अर्ब ३४ करोड २४ लाख २ हजार ७२४ को २०% ले हुने रु.६६ करोड ८४ लाख ८० हजार ५४५ बराबरको बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनार्थ १.०५२६% ले हुने रु.३ करोड ५१ लाख ८३ हजार १८७ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो।

यस्तै, नेपाल हाइड्रो डेभलोपरले चुक्ता पूँजी रु.२९ करोड ९० लाखको ७% अर्थात रु.२ करोड ९ लाख ३० हजार बराबरको बोनस शेयर तथा ०.३६८४% अर्थात रु.११ लाख १ हजार ५ सय ७८.९५ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्न लागेको हो।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव कम्पनीको वार्षिक साधारण सभामा छलफल गरिने छ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।

salt training

कमेन्ट गर्नुहोस्