१२ असार २०८३, शुक्रबार

उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र बनायो, अमेरिकालाई खतरा ?

कात्तिक २०, २०७४
उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र बनायो, अमेरिकालाई खतरा ?
काठमाडौं, १७ पुस — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले देशवासीका नाममा नयाँ वर्षको सन्देश दिँदै आफ्नो देशले लामो दूरीको क्षेप्यास्त्र तयार पार्ने अन्तिम चरणमा पुगेको बताएका छन् ।


टेलिभिजनबाट प्रसारित सन्देशमा किमले उत्तर कोरिया अन्तर्महाद्वीपीय क्षेप्यास्त्र प्रहार गर्न सक्ने स्थितिमा पुगिसकेको घोषणा गरे ।

‘आधुनिक हतियारको अनुसन्धान र विकास सक्रियतापूर्वक अघि बढिरहेको छ र अन्तर्महाद्वीपीय क्षेप्यास्त्र प्रहारको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।

सन् २०११ मा शक्ति सम्हालेयता उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र कार्यक्रममा क्रमशः प्रगति गरिरहेको छ ।

सन् २०१६ मै दुईवटा आणविक परीक्षण भएका थिए ।

तर प्रगतिका बाबजुद उत्तर कोरियाले अमेरिकामा मार हान्ने आणविक बम सहितको क्षेप्यास्त्र बनाउन अझै वर्षौं लाग्ने विज्ञहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई आणविक र क्षेप्यास्त्र परीक्षण तत्कार रोक्न आह्वान गरेको छ ।

स्काई न्युज

salt training

कमेन्ट गर्नुहोस्