०२ असार २०८३, मंगलबार

हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित, १०० जना सदरमुकाममै रोकिए

हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित, १०० जना सदरमुकाममै रोकिए

गत मंगलवार र बुधवार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् ।

झण्डै १०० तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।

समुद्र सतहदेखि ३ हजार ४०० मिटरको उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

बाक्लो हिउँ जमेकाले तत्काल पग्लिने सम्भावना नरहेको उनले बताए । हिमपातले पाथीभरा जाने पदर्माग पुरिएसँगै पदर्माग खुलाउन समस्या भएको छ । 

पाथीभरा मन्दिरमा पूजापाठ गर्न बिहीवार मात्रै २ तीर्थयात्रीले २ सहयोगी लिएर गएका छन् । मंगलवार  हिमपातकै बीच ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पूजापाठ गरेको समितिले जनाएको छ ।

मौसम खुल्न  सकेको छैन । हिमपातसँगै अत्यधिक जाडो बढेको छ । बिहीवार ताप्लेजुङको तापक्रम न्यूनतम २ डिग्री सेल्सियस रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्