२७ असार २०८३, शनिबार

कुमारी बैंक ह्याक गर्ने चेतावनी, राष्ट्र बैंकले भन्यो : सिस्टम सुरक्षित छ

कुमारी बैंक ह्याक गर्ने चेतावनी, राष्ट्र बैंकले भन्यो : सिस्टम सुरक्षित छ

कुमारी बैंकलाई बैंकको प्रणाली ह्याक गर्ने भन्दै ह्याकरले चेतावनी दिएको छ ।

बैकलाई अज्ञात समूहले इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको कुमारी बैंक स्रोतले जनाएको छ ।

चेतावनी आएसँगै बैंकले सोबारे नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ ।

राष्ट्र बैंकले अहिले प्रणालीहरू सबै सुरक्षित रहेको बताएको छ ।

तैपनि सचेत रहन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालले लोकान्तरलाई जानकारी दिए ।

उनले भने,'हामीले अहिले सबै बैंक तथा वित्तीय संस्थालाई सचेत रहन भनिसकेका छौं, आत्तिनुपर्ने केही अवस्था छैन ।'

गत साउनमा पनि ह्याकरको समूहले इमेल लेख्दै बैंक तथा वित्तीय संस्थाहरूलाई प्रणाली ह्याक गर्ने चेतावनी दिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्