०६ असार २०८३, शनिबार

रानी नाकामा कडाइ नहुँदा कोरोना संक्रमण फैलने जोखिम

रानी नाकामा कडाइ नहुँदा कोरोना संक्रमण फैलने जोखिम

विराटनगरको रानी नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकमा कोरोना संक्रमण देखिन थालेका छ ।

बुधवार दुई भारतीय नागरिकमा कोरोना भाइरसको पुष्टि भएको रानी नाकामा राखिएको हेल्थ डेस्कले जनाएको छ ।

विराटनगर महानगरपालिकाले सीमानाका रानी हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण गर्दै आएको छ ।

रानी हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले  भारतबाट नेपाल आउने दुई जना भारतीयमा कोरोना संक्रमण देखिएको बताए ।

अग्रेजि नयाँ वर्ष मनाउन भेडेटार हिडेका एक युवा र अर्को एक जना बच्चामा गरीएको  एन्टिजेन परिक्षण कोरोना पुष्टि भएको हो ।

कोरोना भएका दुवै जनालाई भारत तर्फनै पठाएको मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए । नाकामा भारत तर्फका नागरिकमा पोजेटिभ देखिए भारत सरकार सँग समन्बय गरेर पठाउने र नेपालीमा देखिए परिवारको जिम्मा लगाउने उनले बताए । 

रानी नाकामा पुगेका प्रदेश १ का आन्तरीक मामिला तथा कानुनमन्त्री केदार कार्कीले स्वास्थ्यकर्मीलाई हौसला दिए भने प्रमुख जिल्ला अधिकारीलाई प्रदेश १ का नाकाहरु कडाई गर्न निर्देशन दिएका छन् ।

उनले हेल्थ डेस्कमा बस्ने स्वास्थ्यकर्मीहरुलाई  कुनै समस्या भए भन्नुहोस तर परिक्षण नगराई कसैलाई आवत जावत गर्न नदिन भन्दै निर्देशन दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्