
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको छैठौं दिनको बन्दसत्र शुरू भएको छ ।
बन्दसत्रमा पेश भएको राजनीतिक प्रतिवेदनमा महाधिवेशन प्रतिनिधिहरूले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिने भएका छन् ।
प्रचण्डले महाधिवेशनमा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
उक्त प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो । सबै समूहले प्रचण्डको प्रतिवेदनमा छलफल गरेर पालैपालो निष्कर्ष प्रस्तुत गरेका छन् ।
आजको बन्दसत्रमा निर्वाचन, अनुशासन र लेखा आयोगको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।
यी सबै प्रतिवेदन पेश गरेपछि अध्यक्ष प्रचण्डले बन्दसत्रलाई सम्बोधन गरेर प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिनेछन् ।