
निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले काठमाडौंबाट सुर्खेतमा नियमित उडान शुरू गर्ने भएको छ ।
वायुसेवाले पुस १८ गतेदेखि काठमाडौंबाट सुर्खेतका लागि नियमित हवाई उडान शुरू गर्ने गरी आन्तरिक तयारी गरेको छ । गुणले आफ्ना २ वटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती ५ वटा जेट्स्ट्रीमसहित कूल ७ वटा विमानबाट उडान सेवा सञ्चालन गरिरहेको छ ।
गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगञ्ज, विराटनगर, सिमरा र जनकपुरमा नियमित उडान शुरू गरिसकेको छ ।
गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाका अनुसार यात्रुलाई सुरक्षित र भरपर्दो हवाई सेवासुविधा दिन वायुसेवा सधैं प्रतिबद्ध छ ।