
पछिल्लो समय गाडी खरिदकर्ताहरूको बीच सवारी सुरक्षा मापदण्डको विषय प्रमुख प्राथमिकतामा पर्ने गरेको छ ।
सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी आफूले चाहे अनुसारको डिजाइन, स्टाइल, कलर र फिचर भएको गाडी किन्ने मानसिकतामा परिवर्तन आएको यस अवस्थामा सवारी सुरक्षाको मामलामा जनचेतना बढ्दै गएको छ ।
स्तरीय सुरक्षा मापनका लागि विश्वभरिकै अटोमोबाइल उद्योगहरू अहिले ग्लोबल एनक्यापमा नै विश्वास गर्छन् । ग्लोबल एनक्यापले सवारी साधनको सुरक्षा मूल्यांकनका लागि गाडीहरूको दुर्घटना परीक्षण गरिरहेको हुन्छ । मारुती स्वीफ्ट, हुन्डाई ग्रान्ड आई १० निओस र मारुती वागन–आर यस्ता लोकप्रिय अटोमोबाइल हुन् तर जसले ग्लोबल एनक्यापबाट खासै राम्रो र्याङ्किङ्ग प्राप्त गर्न सकेका छैनन् ।
टाटा मोटर्सले टियागो, एनआरजी, टिगोर, टिगोर इभी, अल्ट्रोज, नेक्सन, नेक्सन इभी, ह्यारियर, सफारी र पन्च उत्पादन गर्दछ । यी कारहरूमध्ये अल्ट्रोज, नेक्सन र पन्चले वयस्क सुरक्षामा ५ स्टार प्राप्त गरेका छन्, यता टियागो, टिगोर, टिगोर इभीले ४ स्टार प्राप्त गरेका छन् ।
ग्लोबल एनक्यापको सुरक्षा सूचीमा शीर्ष आठमध्ये छ वटा टाटा मोटर्स नै छ, जबकि यसका प्रतिस्पर्धीहरू कमजोर रेटिङ र न्यून स्तरमै सिमित छन् । यस नतिजालाई हेर्दा भन्न सकिन्छ, टाटा मोटर्स उपलब्ध मध्ये सबैभन्दा सुरक्षित सवारीहरू हुन् ।