२६ जेठ २०८३, मंगलबार

अर्काको नाममा सशस्त्र प्रहरी जवानको परीक्षा दिँदै गरेका २ जना पक्राउ

अर्काको नाममा सशस्त्र प्रहरी जवानको परीक्षा दिँदै गरेका २ जना पक्राउ

सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका २ जना नक्कली परीक्षार्थी शनिवार पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बागलुङको ढोरपाटन नगरपालिका-६ बस्ने १८ वर्षीय नीलकुमार अदै र धनकुटाको शहीदभूमि गाउँपालिका-५ बस्ने २७ वर्षीय सौहार्द राई छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फारम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर  १४४२० का योगेन्द्र राईको स्थानमा राईले परीक्षा दिन खोजेका थिए । 

हालै प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगितद्वारा पदपूर्ति गरिने साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाइस’ प्रयोग गरी परीक्षार्थीहरूको यकिन गर्ने क्रममा नक्कली परीक्षार्थी प्रमाणित भएको सशस्त्र प्रहरीको भनाइ छ । 

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्