
पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
दुर्घटनामा परी ७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी छ । ३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करीब ५० मिटर तल झरेको प्रहरीको भनाइ छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका-१७, रानीगञ्जका वीरबहादुर विश्वकर्माको शव दाहसंस्कारका लागि धार्मिक तीर्थस्थल रिडी लैजाँदा मलामी चढेको बस दुर्घटना परेको पुष्टि भएको छ ।
रानीगञ्जका ७० वर्षीय विश्वकर्माको शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट लगुवामा दुर्घटनामा परेको थियो ।
बुटवल रानीगञ्ज निवासी ७० वर्षीय विश्वकर्माको शनिवार निधन भएको वडाध्यक्ष सन्तबहादुर रानाले बताए ।