२९ असार २०८३, सोमबार

माओवादी महाधिवेशन र प्रचण्डलाई जोडेर भारतीय मिडियाले लेख्यो यस्तो खबर

माओवादी महाधिवेशन र प्रचण्डलाई जोडेर भारतीय मिडियाले लेख्यो यस्तो खबर

माओवादीको आठौं महाधिवेशन प्रज्ञा भवनमा जारी छ । पुस ११ देखि शुरू भएको महाधिवेशन नेतृत्व चयन गर्न नसक्दा लम्बिएको छ । 

निर्वाचन कमिटीले मतदानका लागि संशोधित तालिका प्रकाशित गरेको छ । तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने केन्द्रीय सदस्यको सूची घोषणा गर्ने तयारी गरेका छन् ।

यसैक्रममा भारतीय मिडियाले प्रचण्डको आलोचना गर्दै समाचार लेखेको छ । अमरउजाला प्रचण्ड प्रतिनिधिहरूको आलोचनाबाट मुक्त हुन नसकेको लेखेको छ । 

साथै उसले प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन विना संशोधन पारित गरिएको भन्दै यसले पार्टीमा असन्तुष्टि बढ्ने संकेत देखिएको पनि लेखेको छ । 

पुस ११ गते उद्घाटन भएको माओवादी केन्द्रको महाधिवेशनको दोस्रो दिन प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्