
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यमा प्रस्तावित नामहरू घोषणा गरेका छन् ।
उनले समावेशी समानुपातिकमा खसआर्यतर्फ १३ जनाको नाम प्रस्ताव गरेका छन् ।
प्रचण्डले नारायणप्रसाद दाहाल, सूर्यराज सुवेदी, धीरेन्द्र प्रधान, नरबहादुर विष्ट, वसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा
तारानाथ स्वार, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम् काफ्लेको नाम घोषणा गरेका हुन् ।
१२५ जना समानुपातिकतर्फ र खुल्ला १११ जना केन्द्रीय सदस्य गरी २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरिएको छ । समानुपातिकमा २९ र खुल्लातर्फ ३४ जना सदस्य थप्न बाँकी छ ।