२४ जेठ २०८३, आइतबार

बिरामी आउँदा ‘बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भनेर फर्काइँदै

बिरामी आउँदा ‘बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भनेर फर्काइँदै
प्रतिकात्मक तस्वीर

अस्पतालको मुख्य ढोकाबाटै बसेर बिरामीलाई हेरेर ‘बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भन्दै फर्काउन थालेपछि अहिले जलेश्वर जिल्ला अस्पतालमा बिरामी आउन छाडेका छन् ।

विगत २ हप्तादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि उपचारका लागि जिल्ला अस्पतालमा आउनेको संख्या न्यून छ ।

स्वास्थ्यकर्मीले बिरामीलाई थप उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पताल र अन्य स्थानमा पठाइदिने र बिरामीलाई चिकित्सकहरूले समय नदिने गरेका कारण अहिले अस्पताल सुनसान रहेको नागरिकको गुनासो छ । जिल्ला उद्योग वाणिज्य संघका महासचिव शिवचन्द्र चौधरीले त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले बिरामी ल्याउने बित्तिकै तपाई आफ्नो मान्छे भएकाले राम्रो सल्लाह दिन्छु, यहाँ उपचार नगराउनुस्, यहाँ डाक्टर पनि आउँदैनन् र उपचार पनि राम्रोसँग हुँदैन, केही भइहाल्यो भन्ने के गर्ने भनी उपचारै नगरी फर्काउने गरेको आरोप लगाए ।

२५ शय्या क्षमताको अस्पतालको आकस्मिक कक्ष र ओपीडी कक्ष समेत सुनसान देखिन्छ । यहाँ आउने बिरामीलाई सरकारी शुल्कमा ल्याब परीक्षणदेखि औषधि वितरण गर्नेसम्मको व्यवस्था रहेपनि चिकित्सकहरूले बाहिर ल्याब परीक्षण गर्न पठाउने र बाहिरै महँगो मूल्यमा औषधि खरिदका लागि पठाउने गरेका कारण पनि बिरामी यहाँ आउन छाडेका एक चिकित्सकले नै नाम नछाप्ने शर्तमा बताए ।

salt training

कमेन्ट गर्नुहोस्