
अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गरेकी छन् ।
नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष गौतमसहित करीब २०० जनालाई कांग्रेस प्रवेश गराइएको कांग्रेस पाणिनी गाउँपालिकाले जनाएको छ ।
नवप्रवेशीलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरू पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदी लगायतका नेताहरू कार्यक्रममा सहभागी छन् ।
