१३ असार २०८३, शनिबार

बागलुङमा एमाले जिल्ला अधिवेशनको तयारी हुँदै

बागलुङमा एमाले जिल्ला अधिवेशनको तयारी हुँदै

नेकपा एमालेको नवौं जिल्ला अधिवेशनका लागि बागलुङका सबै वडाबाट प्रतिनिधि छनोट भएका छन् ।

प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । 

आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारी समेत तीव्र पारिएको सचिव विष्णु भुसालले जानकारी दिए ।

पार्टीको जिल्ला कमिटीको बैठकले विभिन्न उपसमिति बनाएर चुनावको तयारी गरिरहेको छ । आइतवारसम्म जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट भइसकेका सचिव भुसालले बताए ।

जिल्लाका ८५ वटै वडाबाट पुस १६ गतेदेखि १८ गतेसम्म प्रायः सहमतिमै प्रतिनिधि छनोट भएका र केही वडामा सहमतिको प्रयास जारी रहेको बताइएको छ । 

जिल्ला कमिटी बैठकले प्रत्येक ३० संगठित सदस्य बराबर १ प्रतिनिधि र दलित तथा अल्पसंख्यकका हकमा १० जना बराबर १/१ प्रतिनिधि छनोट हुने व्यवस्था गरेको थियो । ३ जना बराबर १ जना महिला अनिवार्य गरिएको थियो ।

पालिका कमिटीबाट २/२ र जनसंगठनबाट २/२ प्रतिनिधि छनोट गर्ने व्यवस्था मिलाइएको थियो । अधिवेशनमा ६६० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्