२५ जेठ २०८३, सोमबार

राष्ट्रिय सभा निर्वाचन : कुन दलबाट कहाँ को-को उम्मेदवार ?

पुस २१, २०७८
राष्ट्रिय सभा निर्वाचन : कुन दलबाट कहाँ को-को उम्मेदवार ?

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न गरेको छ ।

आयोगले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बाग्मती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता कार्यक्रम तय गरेको थियो ।

दर्ता भएका उम्मेदवारविरुद्ध आयोगले बुधबार उजुरी दिन सकिने जनाएको छ । यस्तै, २२ देखि २३ पुससम्ममा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने र २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगको निर्वाचन तालिका छ ।

कुन दलबाट कहाँ कोको उम्मेदवार ?
नेपाली कांग्रेस
प्रदेश १: गोपालकुमार बस्नेत
बाग्मती प्रदेश: कृष्णप्रसाद पौडेल
गण्डकी प्रदेश: कमला पन्त
लुम्बिनी प्रदेश: युवराज शर्मा
कर्णाली प्रदेश: दुर्गाकुमारी गुरुङ
सुदूरपश्चिम प्रदेश: नारायण मिश्र

माओवादी केन्द्र
प्रदेश २: उर्मिला अर्याल
गण्डकी प्रदेश: सुरेश आलेमगर र भुवनबहादुर सुनार
कर्णाली प्रदेश: नरबहादुर विष्ट
सुदूरपश्चिम प्रदेश: जगतबहादुर पार्की

नेकपा एकीकृत समाजवादी
प्रदेश १: जयन्ती राई,
बाग्मती प्रदेश: गोमादेवी तिमिल्सिना
लुम्बिनी प्रदेश: राजेन्द्रलक्ष्मी गैरे
कर्णाली प्रदेश: उदय बोहरा
सुदूरपश्चिम प्रदेश: मदनकुमारी साह (गरिमा)

जनता समाजवादी पार्टी (जसपा)
प्रदेश १: हेमराज राई
प्रदेश २: महमद खालिद

राष्ट्रिय जनमोर्चा
लुम्बिनी प्रदेश: तुलप्रसाद विश्वकर्मा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
प्रदेश २: रूपाकुमारी यादव

एमालेबाट १९ सिटमै उम्मेदवार
प्रदेश १: अन्यतर्फ गुरुप्रसाद बराल, महिलाबाट सुमित्रा सुवेदी भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पा
प्रदेश २: अन्यतर्फ उसमान अन्सारी, महिलाबतर्फ बिना देवी
बाग्मती प्रदेश: अन्यतर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर
गण्डकी प्रदेश: अन्यतर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल थनेत, दलिततर्फ अर्जुनकुमार सुनाम
लुम्बिनी प्रदेश: अन्यतर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल, दलितमा कृष्णबहादुर सुनार
कर्णाली प्रदेश: अन्यतर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत, अल्पसंख्यकबाट पदमबहादुर माझी
सुदूरपश्चिम प्रदेश: अन्यतर्फ डिल्लीराम भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा, दलिततर्फ नरेशकुमार विश्वकर्मा

राप्रपा
प्रदेश १: रञ्जु प्याकुरेल र अमरबहादुर विष्ट

नेमकिपा
बाग्मती प्रदेश: गीता काफ्ले र कृष्णबहादुर तामाङ

क-कसको पदावधि सकिँदै छ
प्रदेश १
अगमप्रसाद बान्तवा राई
नैनकला ओझा
परशुराम मेघी गुरुङ

प्रदेश २
शशिकला दाहाल
सुमनराज प्याकुरेल

बाग्मती प्रदेश
राधेश्याम अधिकारी
उदया शर्मा पौडेल
रामनारायण बिडारी (राष्ट्रपतिबाट मनोनीत)

गण्डकी प्रदेश
खिमबहादुर विक
दीनानाथ शर्मा
शान्तिकुमारी अधिकारी जिसी

लुम्बिनी प्रदेश
दृगनारायण पाण्डे
रामलखन चमार
कोमल वली

कर्णाली प्रदेश
कविता बोगटी
जीवन बुढा
ठगेन्द्रप्रकाश पुरी

सुदूरपश्चिम प्रदेश
चक्र स्नेही
तारादेवी भट्ट
शेरबहादुर कुँवर

कुल मतदाता २०२५

मतभार
प्रदेश सांसद ४८
पालिका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष १८÷१८

कुन प्रदेशमा कसका सांसद कति ?
प्रदेश १
नेकपा (एकीकृत समाजवादी) १०
नेकपा माओवादी केन्द्र १५
नेपाली कांग्रेस २१
नेकपा एमाले ४१
जसपा ३
राप्रपा १
संघीय समाजवादी फोरम १
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १
कुल प्रदेशसभा सदस्य ९३
(प्रदेश सभा सदस्यको संख्या हेर्दा प्रदेश १ मा गठबन्धन र एमालेबीचको मतभार ३ सय ८४ मात्रै ।

प्रदेश २
जसपा ३९
लोसपा १६
नेकपा (एकीकृत समाजवादी) १३
नेकपा माओवादी केन्द्र ८
नेपाली कांग्रेस १९
नेकपा एमाले ८
नेपाल संघीय समाजवादी पार्टी १
कुल प्रदेशसभा सदस्य १०४

बाग्मती प्रदेश
नेकपा (एकीकृत समाजवादी) १४
नेकपा माओवादी केन्द्र २३
नेपाली कांग्रेस २२
नेकपा एमाले ४३
विवेकशील साझा ३
राप्रपा २
नेमकिपा २
कुल प्रदेशसभा सदस्य १०९
(बाग्मतीका प्रदेश सभा सदस्यको संख्याअनुसार एमालेभन्दा गठबन्धन ७ सय ६८ मतभारले अगाडि)

गण्डकी प्रदेश
नेकपा माओवादी केन्द्र १२
नेपाली कांग्रेस १५
नेकपा एमाले २७
जसपा २
जनमोर्चा २
स्वतन्त्र १
कुल प्रदेशसभा सदस्य ५९
प्रदेशसभा सदस्यको संख्याअनुसार गण्डकीमा एमालेभन्दा गठबन्धनको मतभार १ सय ९२ ले अगाडि । यहाँ स्वतन्त्र सासंद दीपक मनाङेले गठबन्धनलाई सघाए ४८ मतभार थप हुनेछ ।)

लुम्बिनी प्रदेश
कुल प्रदेशसभा सदस्य ८१
नेकपा (एकीकृत समाजवादी) १
नेकपा माओवादी केन्द्र १९
नेपाली कांग्रेस १९
नेकपा एमाले ३७
जसपा ४
जनमोर्चा १
(प्रदेश सभा सदस्यको संख्याअनुसार लुम्बिनीमा एमालेभन्दा गठबन्धन ३ सय ९६ मतभारले अगाडि)

कर्णाली
नेकपा (एकीकृत समाजवादी) ३
नेकपा माओवादी केन्द्र १२
नेपाली कांग्रेस ६
नेकपा एमाले १३
राप्रपा १
कुल प्रदेशसभा सदस्य ३५
कर्णालीमा प्रदेश सभा सदस्यको संख्यालाई आधार मान्दा एमालेभन्दा गठबन्धन ३ सय ८४ मतभारले अगाडि ।

सुदूरपश्चिम
नेकपा (एकीकृत समाजवादी) १४
नेकपा माओवादी केन्द्र १३
नेपाली कांग्रेस १२
नेकपा एमाले ११
जनता समाजवादी पार्टी (जसपा) १
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १

कुल प्रदेशसभा सदस्य ५२
(सुदूरपश्चिममा प्रदेश सभा सदस्यहरूको संख्यालाई आधार मान्दा एमालेभन्दा गठबन्धन १ हजार ३ सय ९२ मतभारले अगाडि)

मतदाता र मतभारको अवस्था यस्तो छ
प्रदेश १
कुल प्रदेश सभा सदस्य ९३ (एक जना फरार)
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २७२
जम्मा मतभार ९३१२

प्रदेश २
कुल प्रदेश सभा सदस्य १०४
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २६८
जम्मा मतभार ९८१६

बाग्मती
कुल प्रदेश सभा सदस्य १०९
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २३७
जम्मा मतभार ९४९८

गण्डकी
कुल प्रदेश सभा सदस्य ५९
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १७०
जम्मा मतभार ५८९२

लुम्बिनी
कुल प्रदेश सभा सदस्य ८१
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २१५
जम्मा मतभार ७७५८

कर्णाली
कुल प्रदेश सभा सदस्य ३५
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १५६
जम्मा मतभार ४४८८

सुदूरपश्चिम प्रदेश
कुल प्रदेश सभा सदस्य ५२
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १७५
जम्मा मतभार ५६४६ । राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्