२३ जेठ २०८३, शनिबार

उपत्यकामा देखिन छाडे खोया हाँस

पुस २१, २०७८
उपत्यकामा देखिन छाडे खोया हाँस
तस्बिर सौजन्य : पन्छी संरक्षण संघ

: सर्वोच्च शिखर सगरमाथा नाघेर आउने खोया हाँस काठमाडौं उपत्यकामा देखिन छाडेका छन्। अंग्रेजीमा ‘बार हेडेड गुस’ भनिने यी चरा केही वर्षअघिसम्म कीर्तिपुरस्थित टौदहमा देखिन्थे।

मानवीय क्रियाकलाप र अनुकूल वातावरण नभएका कारण आउनै छाडेका हुन सक्ने पन्छी संरक्षण संघकी कार्यकारी अधिकृत इशाना थापा बताउँछिन्। थापाका अनुसार यी चरा मंगोलिया, चीन तथा मध्य एसियाबाट नेपाल आउने गर्छन्। 

‘उपत्यकाको टौदहमा केही दिन बस्थे। तर, केही वर्ष भयो देखिएका छैनन्’, थापा भन्छिन्, ‘बाटो बिराएको अथवा अनुकूल वातावरण नभएर नआएको हुन सक्छ।’ यस विषयमा अध्ययन भने नभएको थापा बताउँछिन्। 

विज्ञका अनुसार यो हाँस सगरमाथा नाघेर आउने अचम्मको प्रजातिको पन्छी हो। यिनीहरूको शरीर उचाइमा उड्न सक्ने क्षमता ग्रहण गर्न सक्ने हुने जनाइएको छ। यसबारे भारतले अनुसन्धान गरेको थियो। यी चराको शरीरमा ट्याग लगाइएको थियो। सगरमाथाभन्दा माथिबाट उडेर आउने तथ्य उक्त ट्यागले प्रमाणित गरेको थापा सुनाउँछिन्। चितवन आसपास र रारा तालमा भने अझै आउने गरेको उनी सुनाउँछिन्।  अन्नपूर्ण पोस्ट दैनिकमा नितु घलेले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्