१६ असार २०८३, मंगलबार

जापान रोजगारीः सूचीकृत हुन आह्वान

पुस २१, २०७८
जापान रोजगारीः सूचीकृत हुन आह्वान

वैदेशिक  रोजगार  विभागले  जापानमा नेपाली  प्राविधिक  प्रशिक्षार्थी  पठाउन  चाहने  वैदेशिक  रोजगार व्यवसायी  (म्यानपावर)  कम्पनीलाई  सूचीकृत  हुनका  लागि आह्वान गरेको छ। विभागले  सूचना  सार्वजनिक  गर्दै  जापानमा  प्राविधिक अभ्यास  गर्न  इच्छुुक  जनशक्ति  पठाउन  चाहने  म्यानपावरलाई आउँदो पुस २८ गतेभित्र निवेदन दिन आग्रह गरेको हो ।
 आवेदक म्यानपावरले निवेदनको साथमा वैदेशिक रोजगार व्यवसायी  सञ्चालन  गर्न  प्राप्त  गरेको  अधावधिक  इजाजतपत्र, कम्पनी  दर्ता,  स्थायी  लेखा  नम्बरका  प्रतिलिपि  र  कर  चुुक्ता प्रमाणपत्र,  बैङ्क  ग्यारेन्टी,  नगद  धरौटीको  रसिद  ल्याउनुपर्ने हुन्छ। विभागका   महानिर्देशक   दीपक   काफ्लेले   वैदेशिक रोजगारीमा  पठाउनका  लागि  इजाजत  पाएका  ८५४  वटा म्यानपावर सबैले निवेदन दिन सक्ने तर यसका लागि कम्तीमा तीन  वर्ष  दर्ता  भएको  हुनुुपर्ने  जानकारी  दिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्