बुधवार बिहान बंगलादेश क्रिकेटले इतिहास बनाएको छ ।
न्युजील्यान्डको भ्रमणमा रहेको बंगलादेशले उसलाई आठ विकेटले हराएको छ र उक्त म्याचमा कैयौं कीर्तिमान बनेका छन् ।
बंगलादेशले यस खेलमा १७६.२ ओभर ब्याटिङ गर्यो । यसअघि एकपटक मात्र बंगलादेशले यसभन्दा बढी ओभर ब्याटिङ गरेको छ । सन् २०१३ मा उसले गलमा श्रीलंकाविरुद्ध १९६ ओभर बलिङ गरेको थियो ।
बंगलादेशले एसियाबाहिर १५० ओभरभन्दा बढी ब्याटिङ गरेको यो दोस्रो अवसर हो । सन् २०१७ मा वेलिङटनमा उसले न्युजील्यान्डविरुद्ध नै १५२ ओभर ब्याटिङ गरेको थियो ।
न्युजील्यान्डविरुद्ध टेस्ट म्याचको पहिलो इनिङमा बंगलादेशका आठ ब्याट्स्म्यानले ५० भन्दा बढी बल खेले । बंगलादेशको टेस्ट इतिहासमै यो पहिलो अवसर हो ।
बंगलादेशले म्याचको पहिलो इनिङमा १३० रनको अग्रता लिएको थियो । टेस्ट क्रिकेटमा १३० रनभन्दा बढीको अग्रता बंगलादेशले यसअघि एकपटक मात्र लिएको छ । सन् २०२१ मा उसले जिम्बाब्वेविरुद्ध हरारेमा १९२ रनको अग्रता लिएको थियो ।
बंगलादेशले न्युजील्यान्डमा चारपटक एक इनिङमा ४०० भन्दा बढीको स्कोर बनाएको छ । ती सबै स्कोर सन् २०१० पछि बनेका हुन् । अर्को कुनै पनि टीमले न्युजील्यान्डमा यसभन्दा बढीपटक ४०० वा माथिको स्कोर बनाएको छैन ।