×

NMB BANK
NIC ASIA

सार्कको विकल्पमा बिमिस्टेक सक्रिय होला ?

पुस २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक)का महासचिव तेन्जिङ लेकफेल तीनदेखि नेपाल भ्रमणमा छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरे । उनले परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर बिमिस्टेकलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरे । सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा उनको भ्रमण केन्द्रित देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) प्रायः निष्क्रिय भएको समयमा बिमिस्टेक सक्रिय हुनुपर्ने विश्लेषणसमेत भइरहेको छ । भारतले पाकिस्तानबिनाको क्षेत्रीय संगठन बिमिस्टेकलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । सन् २०१४ मा नेपालमा १८औं सार्क शिखर सम्मेलन भएपछि सार्क सम्मेलन हुन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

पाकिस्तानले नवौं शिखर सम्मेलन गर्नुपर्ने थियो । तर, सो शिखर सम्मेलन भारत र पाकिस्तानको द्वन्द्वका कारण तत्काल हुने सम्भावना पनि छैन । ३७ वर्षको इतिहास बोकेको सार्कको औचित्य अन्योल बन्दै गएकाले क्षेत्रीय संगठनको आवश्यकता बिमिस्टेकबाट पूरा गर्न नेपालले पनि सक्रियता देखाउनुपर्ने महसुस गरेरै बिमिस्टेकलाई रचनात्मक रूपमा योगदान गर्ने प्रतिबद्धता जनाएको हो ।

Vianet communication
Laxmi Bank

सार्क ८ डिसेम्बर १९८५ मा स्थापना भएको हो । सात राष्ट्र रहेकोमा अफगानिस्तान पछि थपियो । सन् २०१४ मा नेपालमा शिखर सम्मेलन भएपछि कोभिड–१९ को महामारीको समयमा नेपालको अध्यक्षतामा सार्कस्तरीय केही मन्त्रीस्तरीय बैठक भर्चुअल रूपमा भने बसेको थियो । नेपालले १९औं सार्क शिखर सम्मेलनका लागि मध्यस्थकर्ताका रूपमा विभिन्न प्रयास गरेर पनि सफलता प्राप्त हुन सकेन । त्यसैले विश्वकै उच्च जनघनत्व भएको क्षेत्रमध्ये रहेको दक्षिण एसियाका लागि क्षेत्रीय साझेदारीका रूपमा बिमिस्टेकलाई नै भए पनि अगाडि बढाउन नेपालले पनि पहल गर्नुपर्ने विज्ञहरूको राय छ ।

जलवायु परितर्वन, बहुराष्ट्रिय अपराध, प्राकृतिक प्रकोपलगायतका समस्यासँग एक्लै लड्न नसकिने भएकाले क्षेत्रीय संगठनको आवश्यकता महसुस गरिएको भए पनि दक्षिण एसियाली क्षेत्रमा ती प्रभावकारी हुन सकेका छैनन् ।

२०७५ भदौमा काठमाडौंमा बिमिस्टेकको चौथो सम्मेलन भएको थियो । पाँचौं सम्मेलन श्रीलंकाले सन् २०२२ मा आयोजना गर्दै छ । काठमाडौं सम्मेलनमा विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमिस्टेक ग्रिड इन्टरकनेक्सन)को सहमतिपत्र हस्ताक्षर भएको थियो । त्यसपछि बिमिस्टेक पनि प्रभावकारी भएको छैन । भारतको अगुवाइमा बिमिस्टेक स्थापना भएको हो । सन् १९९७ मा स्थापना भएको भए पनि यसको अहिलेसम्म चारवटा मात्र शिखर सम्मेलन भएको छ ।

नेपाल, भारत, बंगलादेश, म्यानमार, श्रीलंका र थाइल्यान्ड यसका सदस्य छन् । नेपाल र भुटानले भने सन् २००४ मा मात्रै बिमिस्टेकका पूर्ण सदस्यता लिएका हुन् । प्रत्येक दुई वर्षमा शिखर सम्मेलन गर्ने उल्लेख छ । चौथो शिखर सम्मेलनपछि २०२० मा पाँचौं शिखर सम्मेलन गर्नुपर्नेमा कोरोना महामारीका कारण रोकिएको थियो ।

पछिल्लो समय भारतले सार्क निष्क्रिय गराउँदै बिमिस्टेकलाई सक्रिय बनाउने संकेत देखाएको थियो । भारतले पनि सार्कको विकल्पमा बिमिस्टेक अगाडि बढाउन खोजेको कुरा विज्ञहरू स्विर्काछन् । नेपाल जस्तो देशका लागि सार्क र विमस्टेक जुन सक्रिय भए पनि केही फरक नपर्ने विज्ञहरु बताउँछन्, तर क्षेत्रीय संगठन प्रभावकारी हुनुपर्नेमा वकालत गर्दछन् ।

नेपालले भने सार्कको विकल्पमा बिमिस्टेकलाई नलिएको बताउँदै आएको छ । सार्कको छुट्टै महत्व रहेको नेपालको भनाइ छ । सार्क भने भारत र पाकिस्तानको द्वन्द्वको छायाका कारण कमजोर बन्दै गएको छ । पाकिस्तानलाई एक्ल्याउनका लागि पनि भारतले बिमिस्टेकलाई अगाडि सार्न खोजेको चर्चा छ । तर, सार्क र बिमिस्टेक दुवैले अपेक्षाकृत गति भने समात्न सकेका छैनन् । बिमिस्टेकमा पनि भारत र थाइल्यान्डको प्रभाव हुने देखिन्छ । यसको सन्तुलन हुन सकेन भने यो पनि सक्रिय हुन सक्दैन कि भन्ने चिन्ता विज्ञहरू गर्छन् । राजधानी दैनिकमा रामसूदन तिमल्सिनाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x