३२ असार २०८३, बिहीबार

देउवामाथि दबाब बढाउँदै इतर पक्ष

पुस २२, २०७८
देउवामाथि दबाब बढाउँदै इतर पक्ष

नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ ।

इतर समूहको बुधबार राजधानीमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशनबाट सभापति बनेका देउवाले निर्वाचित भएपछि सबैलाई समेटेर जानुको साटो एकलौटी ढंगले आफ्नो गुटलाई मात्रै केन्द्रमा राखेको निष्कर्ष निकालेको हो ।

सो समूहबाट १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित गगन थापाले सभापतिले पार्टीभित्रको ४० प्रतिशत शक्तिलाई उपेक्षा गरेको बताए । ‘सभापति आउने चुनावमा एक्लै बहुमत ल्याउनुपर्छ भन्नुहुन्छ तर पार्टीभित्रकै ४० प्रतिशत मत ल्याएको शक्तिलाई उपेक्षा गरेर अघि बढ्दा उहाँको इच्छा कसरी पूरा हुन्छ ?,’ महामन्त्री थापाले बैठकमा भने ।

बैठकमा धारणा राख्दै थापाले केन्द्रीय सदस्य मनोनीत गर्दादेखि बाग्मती प्रदेशमा सरकार विस्तार गर्दासम्म पनि सभापतिले पार्टीभित्र छलफल नगरेको बताएका हुन् । बैठकमा महामन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचन अन्य दलसँग गठबन्धन गरिए पनि आगामी तीनै तहको निर्वाचनमा कांग्रेस वडादेखि केन्द्रसम्म एक्लै भिड्ने अवस्थामा रहेकोसमेत बताए । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्