
सिजी ब्राण्ड अन्तर्गत सिजीले आफ्नो ‘सिजी मेरिडिया’ प्रिमियम टिभी बजारमा ल्याएको छ ।
कला र प्रविधिको उतकृष्ट मिलन मान सकिन्ने सिजी मेरिडियाको यस टिभी ‘बेजललेस डिजाइन’ जसले अगाडिको भागलाई पूर्ण रुपमा स्क्रीन मात्र बनाउन मद्दत पुर्याएको छ, भने आकर्षकताका लागि ‘डायमन्ड कट’ डिजाइन प्रयोग गरिएको यस टिभी रोमान्टिक आइफील टावरको स्ट्यान्डबाट प्रेरित सिजी ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक भएको कम्पनीले जनाएको छ ।
बजारमा आएको यस ‘सिजी मेरिडिया’ अल मेटल फ्रेम टिभी अत्याधिक उत्कृष्ट प्रविधिबाट तयार पारिएको टिभी हो ।
यस टिभीको मूख्य आकर्षण ‘पूर्णरुपको स्क्रीन हो जसले गुणस्तर तस्वीर, फराकिलो दृश्य कोण, इन्टीग्रेटेड अडियो जस्ता बिशेषताहरू प्रदान गर्दछ । मेरिडिया टिभीको हो अर्को आकर्षक बिशेषता ‘स्ट्रीमलाइन कभर’ प्रविधि जसले ग्राहकलाई वेब एक्सेसको सुविधा प्रदान गर्दछ ।
उक्त टिभीमार्फत ग्राहकले सजिलै यूट्यूब र आफ्ना सामाजिक सञ्जालमा प्रवेश गर्न पाउँनेछन् भने गुगल प्लेस्टोर र एपल स्टोरबाट आफूले चाहेको एप्सहरू डाउन्लोड गर्न सक्नेछन् ।
प्रिमियम उत्पादनहरूमध्ये एक पर्ने यस टिभीको इन ब्यूल्ट साउन्डबार स्पीकर पनि अर्को लोभलाग्दो पक्ष हो जसले ग्राहकलाई भर्चअलरुपमा घेर्ने, प्रष्ट र थियेट्रीक साउन्ड प्रदान गर्दछ । फ्रेमका लागि अल मेटल अवधारणाले यस टिभीलाई झनै आकर्षक र स्निग्ध बनाएको कम्पनीको दावी छ ।
त्यसैगरी, मेरिडिया टिभी, अन्य बिशेषताहरू जस्तै: कर्भ स्ट्यान्ड, पातलो बनावटले, यस टिभीलाई ‘वाल-माउण्ट’ का लागि अत्यन्तै सही, सुरक्षित, र व्यवाहारीक टिभी रहेको कम्पनीले बताएको छ ।
सिजी ब्राण्डले आउने दिनहरूमा ‘सिजी मेरिडिया प्रिमियम सेगमेण्ट’ अन्तर्गत अरू पनि थुप्रै प्रिमियम उत्पादनहरू बजारमा ल्याउने कम्पनीले जनाएको छ