२६ जेठ २०८३, मंगलबार

देशमा पश्चिमी वायुको प्रभाव, यी स्थानमा वर्षाको सम्भावना

देशमा पश्चिमी वायुको प्रभाव, यी स्थानमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण बिहीबार बिहानैदेखि सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै सुदुरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।  

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने पहाडी तथा तराईका थोरै भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा  हल्का हिमपातको सम्भावना  छ।

salt training

कमेन्ट गर्नुहोस्