
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन जाने लागेको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ ।
भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म भाइब्रेन्ट गुजरात समिट आयोजना गरिएको थियो ।
भारतीय सञ्चार माध्यम एएनआईले ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको उल्लेख गरेको छ ।
उक्त समिटमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते प्रधानमन्त्री भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो ।