२९ असार २०८३, सोमबार

प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भएको ‘त्रुटि’बारे राष्ट्रपतिको चिन्ता, के हो घटना ?

पुस २२, २०७८
प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भएको ‘त्रुटि’बारे राष्ट्रपतिको चिन्ता, के हो घटना ?
फाइल फोटो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी कार्यक्रममा पञ्जाबमा भएको सुरक्षा ‘त्रुटि’बारे राष्ट्रपति रामनाथ कोविन्दले चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रपति कोविन्दलाई भेट्न पुगेका मोदीसँगको कुराकानीमा उनले चिन्ता व्यक्त गरेका हुन् ।

बुधवार पञ्जाबको फिरोजपुरमा तय गरिएको कार्यक्रममा सहभागी हुन स्थलमार्गबाट गइरहेका प्रधानमन्त्री मोदी बाटोमा असुरक्षित भएका थिए । बाटोमा हुसैनीवालाबाट ३० किलोमिटर टाढा प्रदर्शनकारीले मोदीको बाटो अवरोध गरेका थिए । जुन क्षेत्र आतंककारीको प्रभाव र हिरोइन तस्करको गढ मानिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय कांग्रेस नेतृत्वको पञ्जाब सरकारले पर्याप्त सुरक्षा बन्दोबस्त नमिलाउँदा मोदीको भ्रमण असुरक्षित भएको आरोप लागेको छ । गत वर्ष सोही क्षेत्रमा आतंकी घटना भएको बताइएको छ ।

बाटोमा अवरोधसँगै असुरक्षा देखिएपछि मोदीको फिरोजपुरको कार्यक्रम रद्द भएको थियो । त्यसपछि मोदी बठिन्डा विमानस्थल फर्किएका थिए । मोदीले विमानस्थलमा पञ्जाब सरकारका अधिकारीलाई भनेका थिए, ‘तपाईंका मुख्यमन्त्रीलाई धन्यवाद सुनाइदिनू, म बठिन्डा एयरपोर्टसम्म जिउँदै फर्किन सकें ।’

प्रधानमन्त्री मोदीको कार्यक्रममा सुरक्षा त्रुटि भएकोप्रति गृह मन्त्रालयदेखि सर्वाेच्च अदालतसम्म चर्चा भइरहेको छ । सुरक्षा त्रुटि गर्ने अधिकारीलाई कारवाहीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्