२८ जेठ २०८३, बिहीबार

२१७ उपसचिव पदमा बढुवाका लागि एक हजार ३०२ जनाको आवेदन, एक सातापछि नतिजा आउने

पुस २२, २०७८
२१७ उपसचिव पदमा बढुवाका लागि एक हजार ३०२ जनाको आवेदन, एक सातापछि नतिजा आउने

२१७ जना उपसचिवमा बढुवा गर्नका लागि एक हजार ३०२ जना शाखा अधिकृतले दरखास्त दिएका छन् ।

लोक सेवा आयोगले विभिन्न सेवा समूह, उपसमूहअन्तर्गत ४६ वटा समूहमा बढुवा खुलाएको थियो ।

ज्येष्ठताको आधारमा २४ र कार्यक्षमताको आधारमा २२ गरी कुल ४६ वटा समूहका लागि आयोगले विज्ञापन गरेको हो । जसमध्ये ज्येष्ठताको आधारमा ११० र कार्यक्षमताको आधारमा १०७ गरी कुल २१७ वटा पदमा उपसचिवको लागि बढुवा खुलाइएको हो ।

त्यसमध्ये एक हजार ३०२ जनाले आफ्नो दरखास्त बुझाएका हुन् । उक्त दरखास्तसहितको फाइल अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन गर्न शुरू गरेको छ ।

स्रोतका अनुसार करीब एक हप्तापछि उक्त पदको नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ ।

दुसहसचिव बढुवाको नतिजा निकाल्ने तयारी

यसअघि ३८ सहसचिव बढुवाका लागि खुलाइएको विज्ञापन मध्ये ३६ सहसचिवको बढुवा गरिएको छ । वन समूहको जेनेरल फरेस्ट्री समूहअन्तर्गतको दुई जना सहसचिव बढुवाको नतिजा आउन बाँकी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

'एक जना ज्येष्ठताको आधारमा र एक जना कार्यक्षमताको आधारमा गरी दुई जना सह-सचिवको नतिजा आउन मात्र बाँकी छ,' स्रोतले लोकान्तरसँग भन्यो, 'त्यसमध्ये ज्येष्ठताअन्तर्गत ९ जना र कार्यक्षमताअन्तर्गत १० जनाले दरखास्त दिएका छन् ।'

१९ जना उम्मेदवारमध्ये दुई जना सहसचिवमा बढुवा सिफारिस हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्