
नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले दक्षिण एशियाको स्थायित्व, समृद्धि र उन्नयनका निम्ति काश्मिर समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले ‘काश्मिरीको आत्मनिर्णयको अधिकार’ विषयमा आयोजना गरेको छलफलमा उनले विकासको अथाह सम्भावना भएको दक्षिण एशिया काश्मिर समस्याका कारण विकासले अपेक्षित गति लिन नसकेको बताए ।
७३ वर्षअघि संयुक्त राष्ट्रसंघले काश्मिरमा जनमतसंग्रह हुनुपर्ने सुझाव दिएको स्मरण गर्दै उनले काश्मिरीहरूको आत्मनिर्णयको अधिकार कार्यान्वयनक गराउन अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक भएको बताए ।
त्यस अवसरमा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेसीले जारी गरेको बेग्ला–बेग्लै सन्देश वाचन गरिएका थिए ।