२४ असार २०८३, बुधबार

ऐतिहासिक सैनिक पोसाकमा गोरखा दरबारबाट सेनाले किन थाल्यो एकीकरण पदयात्रा ?

ऐतिहासिक सैनिक पोसाकमा गोरखा दरबारबाट सेनाले किन थाल्यो एकीकरण पदयात्रा ?

नेपाली सेनाको एकीकरण पदयात्रा बुधवारदेखि शुरू भएको छ । 

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने सन्दर्भमा सेनाले गोरखा दरबारदेखि काठमाडौंको हनुमान ढोकासम्म पदयात्रा शुरू गरेको हो । 

गोरखाबाट शुरू भएको पदयात्रा पुस २७ सम्म नेपाल एकीकरणका समयमा गोर्खाली सेनाले प्रयोग गरेको पदमार्गहरू गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौं हनुमान ढोकासम्म सञ्चालन हुने सेनाले जनाएको छ । 

सेनाका अनुसार नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाको तत्कालीन पुराना पाँच वटा युनिटको झण्डा र टर्चसहित गोरखामा तैनाथ श्रीरिपुमर्दनी गणको टोलीले ऐतिहासिक सैनिक पोसाक र परम्परागत बाजागाजा पदयात्रा शुरू गरेको हो । 

यो पदयात्रा टोलीले धादिङमा तैनाथ फौजलाई ती सामग्री हस्तान्तरण गर्नेछ ।  धादिङको टोलीले नुवाकोटलाई, नुवाकोटले नागार्जुन र नागार्जुनको टोलीले पुस २६ गते हनुमान ढोकामा तैनाथ नेपाली सेनताको फौजलाई उक्त सामग्री हस्तान्तरण गर्ने योजना रहेको सेनाले जनाएको छ । 

पुस २७ गते जंगी अड्डामा ३०० औं पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसका दिन विशेष समारोहका बीच पदयात्रा समापन गरिने नेपाली सेनाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्