२६ जेठ २०८३, मंगलबार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीवार साँझ भेटवार्ता भएको छ । 

राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।

नियमित भनिएको भेटमा समसामयिक विषयमा कुराकानी भएको थियो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भेटका क्रममा बढ्दो कोरोना महामारीका विषयमा कुराकानी भएको जानकारी दिए ।

उनका अनुसार भेटमा राष्ट्रपति भण्डारीले नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण एवं कोरोना विरुद्धको खोप उपलब्धताको अवस्थाबारे जानकारी लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्