
काठमाडौं, १७ पुस– काभ्रेको सागामा यात्रुवस दुर्घटना भएको छ ।
काठमाडाैंबाट धुलिखेल जाँदै गरेकाे बा २ ख ११८८ नम्वरको यात्रुवस नासिका गाविसको सागामा दुर्घटनामा परेको हाे । गाडी सडकबाट १५ फिट तल खेलमा खसेको छ ।
दुर्घटनामा १९ यात्रु घाइते भएको काभ्रे प्रहरीले जनाएको छ । घाइतेमध्ये ८ को शिर मेमोरियल अस्पताल ११ को धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य छ ।
गाडीकाे पट्टा भाचिएपछि दुर्घटनामा परेकाे प्रारम्भिक अनुमान प्रहरीको छ ।
तस्वीरः दीपक धितालको फेसबुकबाट