०६ साउन २०८३, बुधबार

ओलीले राष्ट्रिय सभा निर्वाचनमा हार स्वीकारेः माधव नेपाल

ओलीले राष्ट्रिय सभा निर्वाचनमा हार स्वीकारेः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् । 

पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताएका हुन् । 

एमाले अध्यक्ष ओलीले शुक्रवार पार्टीका जिल्लाहरूको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रिय सभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए । 

सोही भनाइप्रति इंगित गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभावविपरीत राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्वीकार गरेको टिप्पणी गरे । उनले ओलीले देशभर एकसाथ जिल्लाहरूको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोपसमेत लगाए । 

‘आज तपाईंहरूले सुन्नु भएको होला– केपी ओलीको एउटा भाषण । त्यो भाषणमा अब राष्ट्रिय सभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ । सुन्नु भयो, हैन ? हार स्वीकार गरेका छन्,’ उनले भने, ‘कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन । त्यो स्वभाव कस्तो छ भन्दाखेरी नयाँ नेतृत्व विकास गर्नै नदिने ।’

उनले एमालेमा सिद्धान्तनिष्ट कार्यकर्ताहरू नभएको पनि उनले बताए । ‘नेतालाई देउता बनाउनेलाई देवत्वकरण भनिन्छ । देवत्वकरण भइसकेपछि त्यो देउताको वरिपरि पूजकहरूमात्रै बस्ने । भजनभण्डली । देउताको त भजन गर्नु पर्‍यो नि,’ उनले भने, ‘त्यहाँ सिद्धान्तनिष्ट कार्यकर्ताहरु छैनन् । आलोचनात्मक चेत भएका मानिसहरु छैनन् । विश्लेषण गर्न सक्ने खुवी भएका मानिसहरू ती हैनन् ।’

salt training

कमेन्ट गर्नुहोस्