
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ ।
शुक्रवार एकैदिन प्रदेशमा १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसअघि बिहीवार एकैदिन १२० र बुधवार ५५ जनामा संक्रमण देखिएको थियो ।
गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट १ हजार ३८५ जनाको नमूना परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि छ । पीसीआरमार्फत ५७ र एन्टीजेनमार्फत १०१ जनामा पुष्टि भएको हो ।
पीसीआरमार्फत महाकाली अस्पतालमा ५१ र सेती प्रादेशिक अस्पतालमा ६ र एन्टीजेनमार्फत कैलालीका ५८, कञ्चनपुरका ४०, बझाङका २ र डडेल्धुराका १ जनामा संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा प्रदेशभर ६ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा प्रदेशमा संक्रमणका कारण कुनै मृत्यु भएको छैन ।
यसअघि बिहीवार प्रदेशमा १२० जनामा संक्रमण पुष्टि हुँदा ६ संक्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१४ जनाको मृत्यु भइसकेको छ ।