११ साउन २०८३, सोमबार

एमालेलाई कमजोर पार्ने षड्यन्त्र सफल हुन नदिनुहोला : उपाध्यक्ष पौडेल

एमालेलाई कमजोर पार्ने षड्यन्त्र सफल हुन नदिनुहोला : उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीलाई बलियो बनाउने गरी काम गर्न जिल्ला नेतृत्व र कार्यकर्तालाई सुझाव दिएका छन् ।

एमालेलाई कमजोर पार्ने षड्यन्त्र सफल हुन नदिने मुख्य अभिभारा पूरा गर्न वडा, नगर र क्षेत्रमा फैलिन उनले आग्रह गरे ।

नेकपा एमालेको रुपन्देही जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई शुक्रवार भैरहवामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले जनताले पत्याएको शक्ति भएकाले जस्तोसुकै परिस्थितिमा पनि काम गर्छ भन्ने विश्वास दिलाउन आवश्यक रहेकोमा जोड दिए ।

‘हामीले सरकारमा रहँदा नीति, विचार, कार्यक्रम र बजेटका दृष्टिकोणले जनताको विश्वास जित्ने गरी काम गरेका छौं, सबै मिलेर यसलाई अझै शक्तिशाली बनाउनुपर्छ,’ उपाध्यक्ष पौडेलले भने ।

उनले चरणबद्ध रूपमा निर्वाचन शुरू हुने भएकाले अधिवेशन लगत्तै त्यसको तयारीमा लाग्न आवश्यक रहेको बताए । केन्द्र, स्थानीय र प्रदेश तहमा जीत हासिल गरेर एमालेको नेतृत्वमा सरकार बनाउने गरी सक्रिय भएर जनताका बीचमा जान उनले जिल्ला नेता र कार्यकर्तालाई आग्रह गरे ।

‘हाम्रा नीति, विचारलाई कार्यान्वयन गरेर आगामी निर्वाचनमा जीत हासिल गर्ने हिसाबले लाग्नुपर्छ,’ उनले भने ।

पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छबिलाल विश्वकर्माले पार्टी नेतृत्वका विरुद्ध घेराबन्दी भइरहेकाले यसलाई तोडेर जोगाउन आवश्यक रहेको बताए ।

पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टी बलियो हुन असल नेतृत्व चयन गर्नुपर्ने बताए । २ दिनसम्म चल्ने अधिवेशनमा सहमतिमै नयाँ नेतृत्व चयन गर्नका लागि प्रयास हुने अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्