०२ असार २०८३, मंगलबार

अनलाइनमार्फत गैरकानूनी कार्य भएमा कारवाही गरिने गृह मन्त्रालयको चेतावनी

अनलाइनमार्फत गैरकानूनी कार्य भएमा कारवाही गरिने गृह मन्त्रालयको चेतावनी

गृह मन्त्रालयले आर्थिक लाभ पुर्‍याउने प्रलोभनमा पछिल्लो समयमा अनलाइनमार्फत विभिन्न स्वरूपका गैरकानूनी कार्य फस्टाएको भन्दै यस्ता कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ ।

यस्ता क्रियाकलापबाट ठगी र असुरक्षाको वातावरण सिर्जना भएको गुनासो प्राप्त भएका जनाउँदै मन्त्रालयले सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा शुक्रवार जारी विज्ञप्तिमा गाउँ समाजमा नेटवर्किङ व्यवसाय, अनलाइन व्यवसाय, अनलाइन बैंकिङ, अनलाइन सहकारी, बीमा, गेमिङजस्ता गैरकानूनी कार्य फस्टाउँदै गएकाले इजाजत प्राप्त बाहेकका क्रियाकलापको निगरानी र नियन्त्रणको कार्य जारी रहेको जनाइएको छ । 

सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिई अनलाइन वा विद्युतीय कारोबारका नाममा यस्ता गतिविधि भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्