०७ साउन २०८३, बिहीबार

शहीद स्मारक ‘ए’ डिजिभन लिग फूटबलमा एपीएफ र जावलाखेलको बराबरी

शहीद स्मारक ‘ए’ डिजिभन लिग फूटबलमा एपीएफ र जावलाखेलको बराबरी
प्रतिकात्मक तस्वीर

शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिताअन्तर्गत शुक्रवार भएको दोस्रो खेलमा विभागीय टोली एपीएफ क्लब र जावलाखेल युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आठौं चरणको दोस्रो खेलमा एपीएफ र जावलाखेल बीचको खेल गोलरहित बराबरी सकिएको हो । बराबरी खेलसँगै दुवै टोलीले १/१ अंक बाडेका छन् ।

खेलको निर्धारित समयसम्म दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । 

बराबरी खेलसँगै एपीएफले ८ खेलमा ७ अंक जोडेको छ । एपीएफ अंक तालिकाको १०औं स्थानमा रहेको छ ।

यता समान ८ खेल नै खेलेको जावलाखेलको ८ अंक भएको छ । जावलाखेल भने अंक तालिकाको नवौं स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्