२५ असार २०८३, बिहीबार

पूजा सिंह प्रहरी नायव महानिरीक्षकमा बढुवा सिफारिस

पूजा सिंह प्रहरी नायव महानिरीक्षकमा बढुवा सिफारिस


नेपाल प्रहरीको जनपथ प्रहरी समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा पूजा सिंह बढुवा सिफारिस भएकी छन् । बढुवा समितिको शुक्रबार बसेको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक सिंहलाई सिफारिस गरेको हो ।

गृह मन्त्रालयले सिफारिस सूची शुक्रबार नै प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरेको छ । सिंह गौतम हाल बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत छिन् ।

salt training

कमेन्ट गर्नुहोस्