०४ असार २०८३, बिहीबार

पब्जीको सम्बन्ध मृत्युमा अन्त्य

पुस २४, २०७८
पब्जीको सम्बन्ध मृत्युमा अन्त्य

 इन्टरनेटको  पब्जी  खेलबाट  जोडिएको  सम्बन्ध  मृत्युबाट  अन्त्य  भएको  छ  ।  खेलबाट  सम्बन्ध  जोडिएर  काठमाडौँ      महानगरपालिका–६ कपनमा  ‘लिभिङ  टुगेदर’मा  बस्दै  आएका  दुई  जनाको  रहस्यमय  मृत्यु भएको हो ।

 खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राईको बिहीबार राति कोठामा मृत्यु भएको र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका  २५  वर्षीय  अनिष  जिमीको  उपचारको क्रममा मृत्यु भएको हो । उनीहरू झन्डै एक महिनादेखि सँगै बस्दै आएका थिए । आफन्तको   घरमा   बसेका उनीहरू चिच्याएको आवाज सुनिएपछि राति कोठामा हेर्दा गम्भीर अवस्थामा  फेला  परेको  परिवारले  जनाएको छ, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्