२३ असार २०८३, मंगलबार

ट्याक्सीको भाडा बढ्यो

पुस २४, २०७८
ट्याक्सीको भाडा बढ्यो

बागमती प्रदेशबाट स्वीकृति  प्राप्त  गरी  सञ्चालन  भइरहेका ट्याक्सी सेवाको भाडादर समायोजन भएको छ।  नेपाल  गुणस्तर  तथा  नापतौल  विभागले छ  हजार  ८७  ट्याक्सीको  मिटर  भाडा समायोजन गरेको हो ।
भाडा     निर्धारण÷समायोजन     तथा विद्युतीय    माध्यमबाट    भाडा    भुुक्तानी नियमावली   २०७८’   बमोजिम   माघ   १ गतेदेखि   लागूू   हुुनेगरी   समायोजन   तथा निर्धारण  गरिएको  हो।  पुस  २०  गते  बसेको मन्त्रीस्तरीय  बैठकले  माघ  १  गतेदेखि  लागू हुनेगरी भाडा निर्धारण गरेको हो। परिमार्जित भाडादरअनुसार उपत्यकामा सञ्चालित    ट्याक्सी    सेवाको    पहिलो एक   किलोमिटर   सम्मको   यात्राको   सुरु ‘फ्लाग  डाउन’  ६०  रुपियाँ  कायम  गरिएको श्रम,   रोजगार   तथा   यातायात   मन्त्रालय बागमती  प्रदेशले  जनाएको  छ।

 सुरुको  एक किलोमिटर यात्रापछि प्रति २०० मिटरको नौ रुपियाँ ८० पैसाका दरले थप हुनेगरी कायम गरिएको मन्त्रालयका शाखा अधिकृत प्रकाश अधिकारीले बताए । ट्याक्सीले  पूर्ण  रूपमा  मिटरको  प्रयोग गर्नुपर्ने,  ट्याक्सी  प्रयोग  गर्ने  सेवाग्राहीलाई सवारीसाधनको   नम्बर,   चालकको   सम्पर्क नम्बरसहितको  विवरण  भएको  नेपाली  तथा अङ्ग्रेजी  भाषामा  लेखिएको  भिजिटिङ  कार्ड उपलब्ध  गराउनुपर्ने  मन्त्रालयले  जारी  गरेको सूूचनामा उल्लेख छ।

 यस्तै ट्याक्सीमा छुटेको सामान सेवा प्रदायकले सुरक्षित राखी नजिकको प्रहरीलाई   सूचना   दिनुपर्ने   तथा   नियमित रूपमा  सरसफाइ  गरी  लैङ्गिक  विभेदरहित सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्