१० साउन २०८३, आइतबार

एमाले रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन प्रक्रिया शुरू

एमाले रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन प्रक्रिया शुरू

नेकपा एमाले रुपन्देहीको जारी नवौं अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया शुरू भएको छ । 

अध्यक्षका लागि तेजेन्द्र केसीको नाम प्रस्ताव भएको छ । उपाध्यक्षमा जागेश्वरी चौधरी, सचिवमा यज्ञ गैरे, सहसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थीलाई हलबाट सर्वसम्मत प्रस्ताव गरिएको हो ।

अध्यक्ष मण्डलले हलबाट सबै १५१ पदमा नाम प्रस्ताव गरेको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एवम् अध्यक्ष मण्डलका सदस्य भूमिश्वर ढकालले जानकारी दिए । 

सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै अध्यक्ष मण्डलका तर्फबाट शिवराज सुवेदीले सबै कलस्टरका नाम प्रस्ताव गरेका छन् । 

प्रस्तावित नाममा चित्त नबुझेको खण्डमा मतदानमा जाने गरी निर्वाचनको तालिकासमेत सार्वजनिक भएको छ । शनिवार बेलुकी उम्मेदवारी दर्ता गरेर आइतवार ८ बजेदेखि मतदानको प्रक्रिया शुरू गर्ने गरी तयारी भएको अध्यक्ष मण्डलका अध्यक्ष लीला गिरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्