०२ साउन २०८३, शनिबार

एमाले अर्घाखाँची अध्यक्षमा भुसाल निर्वाचित

एमाले अर्घाखाँची अध्यक्षमा भुसाल निर्वाचित

नेकपा एमाले अर्घाखाँचीको आठौं अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ । 

अध्यक्षमा भुसालबाहेक अन्यको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत भएका हुन् । भुसाल अहिले एमाले प्रदेश कमिटी सदस्य थिए । 

त्यसैगरी उपाध्यक्षमा ईश्वरा पोखरेल, सचिवमा तेजबहादुर रायमाझी र उपसचिवमा शम्भु पोखरेल र भीम केसी सर्वसम्मत चयन भएको एमाले अर्घाखाँचीले जानकारी दिएको छ । अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । 

आदर्श मावि खनदहबाट २०४२ सालमा अनेरास्ववियुबाट विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका भुसाल २०५४ मा साविक बाँगी गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

२४ वर्षदेखि निरन्तर जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य रहेका उनी हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य थिए ।

salt training

कमेन्ट गर्नुहोस्