
मेष
यो हप्ता पारिवारिक प्रेममा सम्बन्धको स्वीकृतिले मन प्रसन्न हुनेछ । परिवारलाई समर्पण र समर्थनले पारिवारिक वातावरण उत्तम राख्दछ । स्वास्थ्यमा हजुरको सकारात्मक दृष्टिकोणले तपाईको काम गर्ने क्षमता बढाउनेछ र शारीरिक र मानसिक स्वस्थ महसुस हुनेछ । कृषि, पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ। तपाईंको विचारलाई धेरैले मन पराउनेछन् ।
वृष
यो हप्ता सोमबार पहेँलो कपडा लगाएर शिवजीको ध्यान गर्नाले धननाशबाट बचिएला । विद्यार्थीहरूले अन्तर्वार्ता वा क्यारियर सम्बन्धित परीक्षाको लागि तयारीमा पूरा ध्यान दिँदा मात्रै राम्रो रहला । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। खुसीको समाचार सुन्न पाइनेछ। नयाँ व्यापार–व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च गरिनेछ ।
मिथुन
तपाईले यो साता तपाइको प्रार्थनाको उत्तर प्राप्त गर्न लाग्नु भएको छ, जसको कारण तपाईको अध्यात्मतिर झुकाव बढी देखिनेछ । जीवनसँग सम्बन्धित कठिनाइहरू हटाउन थाल्नेछ र हरेक दृष्टिकोणबाट लाभप्रद रहनेछ । तपाई आफ्नो व्यक्तित्वको सकारात्मक पक्ष देख्नुहुनेछ, जसको कारण तपाई विश्वस्त रहनुहुनेछ । भौतिक साधन जुटाउन सकिनेछ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ, काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।
कर्कट
व्यापारमा गतिविधिहरू लगभग बन्द रहन्छ तर धैर्य राख्नाले सुभ समाचार नै मिल्ला । चाँडै अवस्था सामान्य हुनेछ । कार्यालय सम्बन्धित गतिविधिहरूमा कुनै पनि प्रकारको राजनीतिले तपाईलाई सताउन सक्छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ। आफन्तजनको सहयोगले विशेष फाइदा होला, नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ ।
सिंह
यो साता जीवनसाथीको जीवनको बारेमा केहि चिन्ताको विषय हुनेछ । प्रेम सम्बन्धमा भावनात्मक घनिष्ठतामा समस्या आउनेछ । स्वास्थ्य सामान्य हुनेछ । अत्यधिक वर्कलोड र थकानले मांसपेशीहरूमा दुखाइ र तनाव गराउन सक्छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ। भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।
कन्या
यो हप्ता मानवअधिकारक्षेत्र सम्बन्धी व्यक्तिहरूले दुबै पक्षका मुद्दाहरूलाई सहकर्मीहरूको बहस हटाउनका लागि राम्ररी जाँच गर्नुपर्नेछ । तपाईको प्रेम सम्बन्धमा केही समस्या आउन सक्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला ।
तुला
विद्यार्थीहरूलाई उनीहरूको शिक्षा सम्बन्धी गतिविधिहरूमा बढी परिश्रम चाहिन्छ । भाग्यशाली रंग – निलो रहनेछ र भाग्यशाली संख्या १ रहनेछ । समयमनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अलि बाध्यताका काममा जुट्नुपर्ला । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ ।
वृश्चिक
बित्तादी सुखले मनमा हर्षको आगमन रहला । शारीरिक थकानलाई मेटाउन आराम गर्नको लागि ध्यान दिन सक्षम हुनुहुनेछ । जीवनसंग सम्बन्धित भाग्ने क्रम सुरू हुनेछ । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला ।
धनु
परिवारको आवश्यकताको ख्याल गर्नु पनि तपाईको जिम्मेवारी रहन्छ । स्वास्थ्य ठीक हुनेछ । चिसो जस्तो समस्यामा बेवास्ता नगर्नुहोस्र ,आयुर्वेदिक चीज लिनुहोस् । कार्य बिग्रिनाले मनमा चिन्ता रहला । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।
मकर
यो हप्ता हजुरले आत्म-शक्ति र शारीरिक कमजोरीको अभाव महसुस गर्नुहुनेछ । योग र ध्यान गर्नुहोस् र सकारात्मक हुनुहोस् । योजनाहरू लागू गर्न समय उपयुक्त हुँदैन । नकारात्मक विचार उठ्न नदिनुहोस् । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ ।
कुम्भ
पैसा मिल्नाले आत्मिक सुख मिल्नेछ । घनिष्ट सम्बन्धमा सुखको अनुभव रहनेछ । नजिकका आफन्त र साथीहरूसँगको सम्बन्धमा मिठोपनको आभाश बढ्नेछ । विभिन्न अवसर पाइने समय छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । पढाइमा राम्रै प्रगति हुनेछ ।
मीन
क्यारियरमा उच्च शिक्षासँग सम्बद्ध व्यक्तिहरूले आशा गरे अनुसार प्रगति गर्नेछन् । प्रेममा कसैसँगको पार्टनरको व्यक्तिगत जीवनसँग सम्बन्धित समस्याले झमेलामा पर्ला । धन लाभको सम्भावना रहन्छ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)